पिपुल्स पावरको आईपीओ नतिजा सार्बजनिक,यी ४ तरिकाबाट हेर्न सकिन्छ

पिपुल्स पावर लिमिटेडले निष्काशन गरेको आईपीओ आज आईतबार बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक प्रभु क्यापिटलको कमलादीस्थित कार्यालयमा शेयर बाँडफाँड गरिएको हो ।

आइपीओ रिजल्ट ४ तरिकाबाट हेर्न सकिन्छ ।

कम्पनीको वेबसाइट http://peoplespower.com.np बिक्री प्रबन्धकको वेबसाइट https://www.prabhucapital.com मेरो शेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login सिडिएसले आइपीओ नतिजा हेर्न संचालक गरेको वेबसाइट https://iporesult.cdsc.com.np बाट आईपीओ नतिजा हेर्न सकिने छ ।

कम्पनीले साउन ३१ गतेदेखि भदौ ५ गतेसम्म सर्वसाधारणलाई आईपिओ बिक्रि खुला गरेको थियो ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई जेठ २७ मा शेयर निष्काशनको लागि अनुमति दिएको थियो । बोर्डले कम्पनीलाई आयोजना प्रभावित स्थानीय बासिन्दा र सर्वसाधारणलाई गरि ३१ करोड बराबरको ३१ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति प्रदान गरेको हो ।

पिपुल्स पावरले इलामको इलाम नगरपालिकामा अवस्थित पुवाखोलामा ४.९६ मेगावाटको आयोजना निर्माण गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय