अभियान लघुवित्तको शेयर नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेन्ज कति?

नेपाल स्टक एक्चेञ्ज (नेप्से) मा अभियान लघुवित्त वित्तीय संस्था (AVIYAN) को शेयर सूचीकृत भएको छ । लघुवित्तको २५ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

संस्थापकहरुलाई निष्काशन गरेको १५ लाख २५ हजार कित्ता र सर्वसाधारणलाई निष्काशन गरेको ९ लाख ७५ हजार कित्ता शेयर गरी सो बराबरको शेयर नेप्सेमा सूचीकृत भएको हो ।

लघुवित्तको शेयरलाई नेप्सेले न्युनतम १०५ रुपैयाँ ३६ पैसा देखि ३१५ रुपैयाँ ८ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । त्यस अनुसार आइतबार देखि लघुवित्तको शेयर दोस्रो बजारमा किनबेचमा आउनेछ ।

लघुवित्तको शेयरलाई नेप्सेले AVIYAN कारोबार संकेत प्रदान गरेको छ । सोहि कारोबार संकेतमा लघुवित्तको शेयर कारोबार हुनेछ ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय