सिक्लेस हाइड्रोपावरको आइपीओ मंगलबार बिहान बाँडफाँट हुने

काठमाडौं : सिक्लेस हाइड्रोपावर कम्पनीको आइपीओ मंगलबार (असोज ११ गते) बिहान ९ बजे बाँडफाँट हुँदैछ । बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केटका अनुसार मंगलबार (असोज ११ गते) बिहान ९ बजे आफ्नै कार्यालय नारायणचौर नक्साल, काठमाडौंमा तयारी गरिएको छ । यसको प्री–अलमेन्ट असोज ७ गते सम्पन्न भइसकेको छ । यता, सिक्लेसको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ ।

यसमा मागभन्दा १६.२९ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । यसमा १५ लाख ३८ हजार ३८३ जनाले कुल १ करोड ७२ लाख ४४ हजार ३८० कित्ताको लागि आवेदन दिएका छन् । कम्पनीले भदौ २९ गते देखि असोज २ गतेसम्म सर्वसाधारणका लागि ११ करोड ५० लाख रुपैयाँ बराबरको ११ लाख ५० हजार कित्ता आइपीओ जारी गरेको थियो ।

यसमध्ये ५% अर्थात् ५७ हजार ५०० कित्ता सामूहिक लगानी कोष र ३% अर्थात् ३४ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी १० लाख ५८ हजार कित्ताका लागि सर्वसाधारणको लागि छुट्याएको छ । यसर्थ, यो आइपीओ न्यूनतम १० कित्ताका दरले १ लाख ८ हजार ८०० जनाले मात्र हात पार्नेछन् ।

क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालले सिक्लेस हाइड्रोपावरलाई ‘केयर एनपी रेटिङडबल बी प्लस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । केयर नेपालले २०७८ असोज २० गते रेटिङ दिएको थियो । यो रेटिङ आगामी असोज १९ गतेसम्म बाहल रहनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय