सिक्लेस हाइड्रोको आईपिओ आज बाँडफाँड हुँदै

सिक्लेस हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आईपिओ आज मंगलबार बाँडफाँड हुदै छ । बिक्रि प्रबन्धक बिओके क्यापिटलले मंगलवार बिहान ९ बजे शेयर बाँडफाँड गर्ने तयारी गरेको हो ।

सिक्लेस हाइड्रोपावर लिमिटेडको आईपिओ आइपीओ प्रि-अलोटमेन्ट असोज ७ गते शुक्रवार भईसकेको छ। उक्त आइपीओमा माग भन्दा झन्डै १६ गुणा बढीको आबेदन परेको छ।

सिडीएस एण्ड क्लियरिंग लिमिटेडका अनुसार सिक्लेस हाइड्रोपावर लिमिटेडको आइपीओमा १५ लाख ३८ हजार ३ सय ८३ जना आवेदकबाट १ करोड ७२ लाख ४४ हजार ३ सय ८० कित्ताको लागि आवेदन परेको हो ।

कम्पनीले सर्वसाधारणलाई ११ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये ५७ हजार ५ सय कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो भने ३४ हजार ५ सय कित्ता कम्पनीका कर्मचारीको लागि छुट्याईएको थियो । बाँकि रहेको १० लाख ५८ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने गरि निष्काशन गरेको थियो ।

कम्पनीले आयोजना प्रभावित स्थानीयलाई साउन ६ गतेदेखि भदौ ५ गतेसम्म आईपिओ बिक्रि गरि बाँडफाँड गरिसकेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्बसाधारणलाई गरि २० करोड बराबरको २० लाख कित्ता आईपीओ निष्काशनको लागि अनुमति पाएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय