रवि लामिछानेले चितवन-२ बाट उम्मेदवारी दिने

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले चितवन क्षेत्र नम्बर–२ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिनुहुने भएकाे छ। उम्मेदवारी मनोनयनका लागि रविसहितको टोली चितवन आइपुगेको छ ।

यसअघि चितवन-३ बाट उठ्ने तयारी गर्नुभएका उहाँले चितवनको निर्वाचन क्षेत्र नम्बर २ बाट उठ्ने निर्णय गर्नुभएको हाे । काठमाण्डौको २ र ३ मा पनि उहाँको चर्चा रहेको थियो।

राष्ट्रिय स्वतन्त्र पार्टीले चितवन-१ बाट हरि ढकाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । मनोनयन दर्ताअघि लामिछानेले जिल्लाका स्वतन्त्र अभियान्ताहरुसँग छलफल गर्ने बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय