आइएमई लाइफ इन्सुरेन्सले आइपीओ जारी गर्ने


काठमाडौं : आइएमई लाइफ इन्सुरेन्सको असोज २६ गते वार्षिक साधारण सभा बस्ने भएको छ । सभामा कम्पनीले पुँजी वृद्धि गर्न संस्थापक सेयरधनीलाई हाल कायम चुक्ता पुँजीमा शत–प्रतिशत हकप्रद जारी गर्ने तथा सर्वसाधारणलाई आइपीओ जारी गर्ने विशेष प्रस्ताव पेश गर्नेछ ।

सभामा आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने र नाफा–नोक्सान तथा नगद प्रवाह विवरण पारित गर्ने एजेन्डा रहेको छ । आर्थिक वर्ष २०७८–७९ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पेश हुँदैछ । सभा लैनचौर ब्यांकेट्स, लैनचौर काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय