बाराही हाइड्रोपावरले कार्तिक ४ देखि पहिलो चरणको आईपिओ निष्काशन गर्ने

बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले कार्तिक ४ गतेदेखि आयोजना प्रभावित स्थानीयलाई आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले बाग्लुङ जिल्लाको जैमिनी नगरपालिकाको सबै वडाका स्थानीयलाई आईपिओ निष्काशन गर्न लागेको हो । जस मध्ये वडा नम्बर १, ४, र ५ बढी प्रभावित रहेका छन् ।

कम्पनीले यी स्थानका स्थानीयलाई प्रति शेयर १०० अंकित दरका २ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो । यस निष्काशनमा स्थानीयले छिटोमा कार्तिक १८ गतेसम्म र सो अवधिसम्ममा पर्याप्त आवेदन नपरेमा ढिलोमा मङ्सिर ४ गतेसम्म आवेदन दिन सक्ने छन् ।

आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सकिने छ । शेयर निष्काशनको लागि एनआईबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

आयोजना प्रभावितलाई आईपिओ निष्काशनपछि कम्पनीले आम सर्बसाधारणलाई ४ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने छ । स्थानीय र सर्बसाधारणलाई आईपिओ निष्काशनपछि कपनीको चुक्ता पुँजी २५ करोड हुने छ ।

यस कम्पनीले बाग्लुङको जैमिनी नगरपालिकामा ठेउले खोलाको पानी उपयोग गरि १.५ मेगावाटको ठेउले खोला जलविद्युत आयोजना संचालन गरिरहेको छ । आयोजनाले २०७५ असार २४ गतेदेखि व्यापारिक उत्पादन सुरु गरि नेपाल विद्युत प्राधिकरणलाई विद्युत बिक्रि गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय