पिपुल्स हाइड्रोपावरको आईपिओमा आवेदन दिने आज अन्तिम दिन

पिपुल्स हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपिओमा आवेदन दिने असोज ३० गते अन्तिम दिन रहेको छ । कम्पनीले भदौ ३१ गतेदेखि लमजुङ जिल्लाका आयोजना प्रभावित स्थानीयलाई आईपिओ निष्काशन गरेको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय स्थायी बासिन्दाहरुलाई ३२ लाख कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये आयोजना अति प्रभावित क्षेत्र दोर्दी गाँउपालिकाका वडा नं. ६ र ७ (तत्कालिन ढोढेनी र फलेनी। गा.वि.स.) का स्थानीय बासिन्दाहरुका लागि ३० प्रतिशत अर्थात ९ लाख ६० हजार कित्ता तथा लमजुङ्ग जिल्लाका स्थानीय बासिन्दाका लागि ७० प्रतिशत अर्थात २२ लाख ४० हजार कित्ता शेयर निष्काशन गरिएको छ।

यस आईपिओमा आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि दिन सकिने छ । शेयर निष्काशनको लागि सानिमा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट सर्बसाधारण र आयोजना प्रभावित स्थानीयलाई ८० करोड बराबरको ८० लाख बराबरको शेयर निष्काशनको लागि अनुमति पाएको छ । कम्पनीले लमजुङमा ५४ मेगावाटको सुपर दोर्दी ख हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । त्यस्तै कम्पनीले लमजुङ मै ५७ मेगावाट हिमचुली दोर्दी आयोजनाको लागि उत्पादन लाईसेन्सको लागि अनुमति माग गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय