असोज ३१ गते, सोमबार, नेप्सेको स्पेशल प्रि ओपन सेसनमा सयपत्री हाइड्रोपावर लिमिटेड (SPHL) को पहिलो कारोबार भएको छ। यस दिन कम्पनीको शेयर प्रतिकित्ता १९४ रुपैयाँ ८० पैसामा पहिलो कारोबार भएको हो।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानियलाई वितरण गरिएको ३ लाख कित्ता, सर्वसाधारण शेयरधनीहरुलाई निष्काशन गरिएको ६ लाख कित्ता र संस्थापकहरुले लगानी गरेको २१ लाख कित्ता गरी सो बराबरको शेयर गत बिहबिार नेप्सेमा सूचीकृत भएको थियो। यस अनुसार कम्पनीको पहिलो कारोबार हिजो अर्थात आइतबारको स्पेशल प्रि ओपन सेसनमा हुनुपर्ने थियो। तर, कारोबार म्याचिङ्ग नभएका कारण सो दिन कारोबार नभएपछि यस दिनको स्पेशल प्रि ओपन सेसनमा कारोबार भएको हो।
कम्पनीको शेयरलाई नेप्सेले न्युनतम ६४ रुपैयाँ ९६ पैसा देखि १९४ रुपैयाँ ८८ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको थियो।
ताजा समाचार
लोकप्रिय
© 2023, All rights reserved to Mero ShareBajar // Website By Lumbini Host