एमालेले एक सय ५० सिट जित्छ– ओली

झापा कात्तिक २ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निार्वाचनमा एमालले एक सय पचास सिट ल्याउने ठोकुवा गर्नु भयो ।बुधबार झापाको मेची गनर नगरपालिकाको धुलावारीमा कार्यकर्तासँगको भेटघाटमा बोल्दै अध्यक्ष ओलीले उक्त दावी गर्नु भएको हो । उहाँले मंसिर ४ गते हुने निर्वाचनमा एमालले प्रत्यक्ष तर्फ एक सय सिटमाथि ल्याउछ भने समानुपातिक तर्फ ५० सिट जित्ने दावी गर्नुभय ।

ओलीले भन्नुभयो, “गठबन्धन कुनै लक्ष नभएको गन्तब्य हिन गठहरुको जत्था भएको बताउनुभयो । गठबन्धन चार तिर मुख फर्काएर बसेको चर्तुभुज जस्तै भएको छ । जुन कतै चल्न हिड्न गतिशलि हुन सक्दैन तर मुख भने चारैतिर चलाईरहन्छ खाइरहन्छ उहाँले भन्नुभयो ।” गठबन्धनको देशमा मिलेर खाने ठग्ने बाहेक अर्को कुनै उदेश्य छैन ।


उहाँले अगाडी भन्नुभयो “गठबन्धनको प्रबृति नै गठ गर्ने हो । बाराका उम्मेदवार बिस्नु श्रेष्ठको प्रचारमा नै फ्रि भिसा फ्रि टिकको ब्यवस्था गर्ने आश्वासनमा सहितका ब्यानर कार्यालय नै खोलेर बसेका उम्मेद्वार रहेका छन् ।

जनतालाई चुनावमा झुक्याउन यस्ता सस्ता नारा लिएर निर्वाचन आचारसंहिता उलङ्घन गरेर जनतालाई ठगिरहेका छन् । ” यस्तै डडेल्धुरामा उम्मेद्वारको प्रचार शैली नै हेर्दा सबैलाई प्रस्ट हुने बताउनुभयो ।

उहाँले कार्यकर्तालाई निर्देशन गर्दै भन्नुभयो, “अब गठबन्धनका जाल झेल मत पत्र च्यत्ने ठग्ने, छलछाम गर्न नदिई जनमतको कडा रुपमा रक्षा गर्न एमालेका सबै कार्यकर्ताको निर्देशन दिनुभयो ।”

यसरी जनतमत निर्वाचन आयोगको आचारसंहितालाई वेवास्ता गर्दै कुल्चिदै अघि बढेको छ । यस्ता प्रबृतिले चलेको गठबन्धनलाई गत स्थानीय चुनावको मत परिणामले नै देखादिएको छ उहाँले भन्नुभयो । त्यसैले गठबन्धन मंसिर ४ गतेसम्मको घामछाया मात्र हो । निर्वाचन पछि न गठवन्धन रहन्छ र यसको अस्तित्व नै निर्णायक घडीमा जनता रहेकाले सोचेर मतदान गर्न आवह्रान गर्नुभयो ।

उहाले नेपाली काँग्रेसलाई यो मुलुकमा पटक पटक गरि झण्डै २४ बर्ष नेपाली काँग्रेसले नेतृत्वमा शासन गर्दा राम्रो काम गरे भन्ने एउटा उदाहरण दिन चुनौति दिनुभयो ।

एमालेको नेतृत्वमा ३ बर्षमा यो देशको बिकास काँचुली फेरेको छ । त्यसैले बिकास समृद्धी चाहने सम्पुर्ण नेपालीले आगमी मंसिर ४ मा एमालेलाई बहुमत सहितको सरकार निर्माण गर्न मतदानमा सहभगि हुन आग्रह गर्नुभयो । उहाँले राप्रपाई झापा क्षेत्र नम्बर तीनमा पहिला पनि जिताएको र अब पनि इमान्दार पूर्वक मतदान गरेर सबजयी गराउन समेत निर्देशन गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय