इष्टर्न हाइड्रोपावरको आईपीओ आवेदन मिति समाप्त, कति पर्यो आवेदन ??? जानुस्

इष्टर्न हाइड्रोपावर लिमिटेडले शुक्रबार देखि सर्वसाधारणलाई निष्काशन गरेको आईपीओमा करिब १४ लाख बढीको आवेदन परेको छ ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार बुधबार साँझ ५ः०२ बजेसम्ममा कम्पनीको आईपीओमा १३ लाख ९४ हजार ३२६ वटा आवेदनबाट १ अर्ब ५७ करोड १८ लाख ४७ हजार रुपैयाँ बराबरको १ करोड ५७ लाख १८ हजार ४७० कित्ता शेयरको लागि आवेदन परेको हो ।


यो सर्वसाधारणलाई निष्काशन गरेको ६ लाख २३ हजार ३८९ कित्ता शेयरको २५.२१ गुणा बढी हो ।कम्पनीले शुक्रबार देखि ६ करोड ७० लाख ३१ हजार रुपैयाँ बराबरको ६ लाख ७० हजार ३१० कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो । त्यसमध्ये २ प्रतिशत अर्थात १३ हजार ४०६ कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ३३ हजार ५१५ कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको छ ।

सर्वसाधारणलाई बाँकी रहने ६ लाख २३ हजार २८९ कित्ता शेयर मात्रै वितरण हुनेछ ।



कम्पनीले निष्काशन गरेको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा मध्यमबाट न्युनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ । त्यस अनुसार ६ हजार २३३ जना आवेदकले मात्रै शेयर पाउनेछन् ।

हाल कम्पनीको चुक्ता पूँजी ४९ करोड ६० लाख रुपैयाँ रहेको छ । आयोजना प्रभावित स्थानियलाई ५ करोड ६९ लाख ६९ हजार रुपैयाँ र सर्वसाधारणलाई ६ करोड ७० लाख ३१ हजार रुपैयाँ गरी १२ करोड ४० रुपैयाँ बराबरको शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ६२ करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमवि क्यापिटल लिमिटेड रहेको छ भने प्रत्याभुतिकर्तामा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय