बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले आज कार्तिक ४ गतेदेखि आयोजना प्रभावित स्थानीयलाई आईपिओ बिक्रि खुला गरेको छ । कम्पनीले बाग्लुङ जिल्लाको जैमिनी नगरपालिकाको सबै वडाका स्थानीयलाई आईपिओ निष्काशन गरेको । जस मध्ये वडा नम्बर १, ४, र ५ बढी प्रभावित रहेका छन् ।
कम्पनीले यी स्थानका स्थानीयलाई प्रति शेयर १०० अंकित दरका २ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो । यस निष्काशनमा स्थानीयले छिटोमा कार्तिक १८ गतेसम्म र सो अवधिसम्ममा पर्याप्त आवेदन नपरेमा ढिलोमा मङ्सिर ४ गतेसम्म आवेदन दिन सक्ने छन् ।
आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सकिने छ । शेयर निष्काशनको लागि एनआईबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।
आयोजना प्रभावितलाई आईपिओ निष्काशनपछि कम्पनीले आम सर्बसाधारणलाई ४ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने छ । स्थानीय र सर्बसाधारणलाई आईपिओ निष्काशनपछि कपनीको चुक्ता पुँजी २५ करोड हुने छ ।
यस कम्पनीले बाग्लुङको जैमिनी नगरपालिकामा ठेउले खोलाको पानी उपयोग गरि १.५ मेगावाटको ठेउले खोला जलविद्युत आयोजना संचालन गरिरहेको छ । आयोजनाले २०७५ असार २४ गतेदेखि व्यापारिक उत्पादन सुरु गरि नेपाल विद्युत प्राधिकरणलाई विद्युत बिक्रि गरिरहेको छ ।
ताजा समाचार
लोकप्रिय
© 2023, All rights reserved to Mero ShareBajar // Website By Lumbini Host