टिभीमा विश्वकप हेर्न थप पैसा तिर्नु पर्ने


कतारमा हुने विश्वकप हेर्न थप ५०० रुपैयाँ तिर्नु पर्ने भएको छ । घर मै टिभी भए पनि विश्वकप हेर्नको लागि भने थप ५०० रुपैयाँ शुल्क लाग्ने भएको हो ।

नेपालमा विश्वकप प्रसारणको सम्पूर्ण अधिकार अर्थात् ‘एक्सक्लुसिभ राईट्स ‘ पाएको मिडिया हबले सूचना जारी गर्दै ५०० तिरेपछि घरघरमा विश्वकप हेर्न सकिने जनाएको छ । मिडियाहबले ५०० मा नेपाली च्यानलबाट विश्वकप हेर्नको लागि आफ्नो नजिकको MSO, DTH र DIGITAL CABLE OPERATOR हरुसँग सम्पर्क गर्न आग्रह गरेको छ । विश्वकप भने हिमालयन टिभीबाट प्रत्यक्ष प्रसारण हुने छ ।



नेपालका विभिन्न टेलिभिजन च्यानलमा आफ्ना कार्यक्रमहरु समेत सञ्चालन गरिरहेको मिडिया हबले कतारमा हुने विश्वकपको प्रत्यक्ष प्रसार गर्ने सम्पूर्ण आधिकार खरिद गरेको हो ।

सन २०१८ मा रसियामा विश्वकप फुटबल हुँदा पनि मिडिया हबले नेपालमा फुटबल देखाउने आधिकारिता पाएको थियो। तर त्यो बेला नन एक्सक्लुसिभ सहमति भएकाले भारतका अन्य च्यानलबाट पनि नेपालमा फुटबल हेर्न पाइन्थ्यो। तर यस पटक मिडिया हबले एक्सक्लुसिभ सहमति गरेकाले मिडिया हबले अनुमति दिएको टिभी तथा प्ल्याटफर्म मार्फत मात्र फुटबल हेर्न पाइनेछ।

काही नभएको जात्रा नेपालमा

हालसम्म नेपाली दर्शकहरुले सहजै निशुल्क रुपमा आफ्नो घर कै टिभीमा विश्वकप हेर्न पाएका थिए । अन्य देशमा पनि सहजै विश्वकपका खेल लाइभ हेर्न पाइन्छ । तर नेपालमा थप अतिरिक्त शुल्क लिएर विश्वकप देखाउँदा ‘काही नभएको जात्रा नेपालमा’ भने जस्तै भएको छ । ‘एक्सक्लुसिभ राईट्स ‘ लिएको अवस्थामा पनि ‘एक्सक्लुसिभ राईट्स ‘लिने संस्थाले विज्ञापनबाटै खर्च जुटाउनु पर्नेमा मिडियाहबले भने दर्शकमाथि आर्थिक भार पारेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय