काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेविरुद्धको अनुसन्धान प्रहरीले टुंग्याएको छ। लामिछानेको अनुसन्धान सकाएर शुक्रबार प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन पेस गरेको छ।
सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि नेउपानेले प्रहरीले शुक्रबार अनुसन्धान फाइल पेस गरेको बताए। मुलुकी फौजदारी अपरा ध संहिता अनुसार १० देखि १२ वर्षसम्म कैद सजाय हुने प्रावधान रहे अनुसार १२ वर्षसम्मको कैदसजाय मागदाबी हुनुपर्ने प्रहरीको सुझाव छ। सोही अनुसार प्रहरीले फाइल पेस गरेको छ।
ताजा समाचार
लोकप्रिय
© 2023, All rights reserved to Mero ShareBajar // Website By Lumbini Host