निफ्राको नाफा र ईपीएस दुबै बढ्यो

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड अर्थात निफ्राले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा बढेको छ।

समीक्षा अवधिमा बैंकको खुद नाफा ५६.४६ प्रतिशत बढेर ३७ करोड ८६ लाख रुपैयाँ पुगेको छ।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५८.६१ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी २९६.८८ प्रतिशत, कुल सञ्चालन आम्दानी ५९.४२ प्रतिशत र सञ्चालन मुनाफा ५६.४६ प्रतिशत बढेको छ।

असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा २९ करोड ८५ लाख रुपैयाँ रहेको छ।

नाफा बढेसँगै बैंकको ईपीएस अर्थात प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ १७ पैसा बढेर ७ रुपैयाँ १ पैसा पुगेको छ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ८ प्रतिशत बढेको छ भने जगेडा कोष २०.११ प्रतिशत घटेको छ। त्यसैगरी, बैंकको निक्षेप ३२.६९ प्रतिशत र कर्जा २६१.६३ प्रतिशत बढेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय