आज लक्ष्मी पूजा गर्ने रात भएकाले जतिसक्दो धेरै बिजुली बाल्न कुलमानको आग्रह

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज लक्ष्मी पूजाका दिन बेलुका जतिसक्दो धेरै बिजुली बाल्न अनुरोध गरेका छन् । घर, कार्यालय झिलिमिली बनाउन जतिसक्दो धेरै बिजुली बाल्न उनले अनुरोध गरेका हुन् ।

आज कुनै क्षेत्रमा पनि विद्युत आपूर्तिमा समस्या नआओस् भन्नका लागि आफूहरु बिहानैदेखि खटिरहेको घिसिङले बताएका छन् ।

घिसिङ आफैँले वितरण विभाग प्रमुख मनोज सिलवाललाई लिएर काठमाडौँका विभिन्न सबस्टेसन र वितरण केन्द्र पुगेर निरीक्षण पनि गरेका छन् ।

लक्ष्मीपूजाको दिनमा पनि ४ सय मेगावाट बिजुली भारतमा निर्यात गर्नुपरेको र अझै करिब ५ सय मेगावाट बिजुली खेर जाने अवस्था रहेको घिसिङको भनाई छ । आज कुनै पनि क्षेत्रमा बिजुली जाने अवस्था आउन नदिन र यदि कुनै स्थानमा समस्या आएमा तत्काल समाधान गर्न नो–लाइटको टिम तयारी अवस्थामा रहेको पनि बताएका छन् ।

स्युचाटार, बालाजु, बानेश्वर, लैनचौर, टेकु, पाटन, सिंहदरबमर, चाबहिल, चपली, मातातीर्थ, बनेपा र पाँचखालका सबस्टेसनलाई चुस्त दुरुस्त अवस्थामा राखिएको उनको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय