माथिल्लो तामाकोशीबाट बिजुली उत्पादन बन्द:  कारण येस्तो

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट १० दिनका लागि उत्पादन बन्द भएको छ ।

उत्पादन रोकेर संरचनाहरूको नियमित निरीक्षण गर्न नेपाल विद्युत् प्राधिकरणले दोलखाको विगु गाउँपालिका–१, लामाबगरस्थित ४५६ मेगावाटको तामाकोशी जलविद्युत् आयोजनाको जलविद्युत् केन्द्र (पावर हाउस) बन्द गरेको हो ।

बाँध, पोखरी र मुख्य सुरुङसहित प्रसारणलाइन र सबस्टेसनको प्राविधिक निरीक्षण गर्न बिजुली उत्पादन बन्द गरिएको हो ।

२४ भदौ २०७८ बाट सबै ६ वटा युनिटहरूबाट ४५६ मेगावाटको बिजुली उत्पादन सुरु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय