एमालेले बहुमत ल्याउँछ, राप्रपा र जसपासँग मिलेर संयुक्त सरकार बनाउँछौं- ओली

झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मङ्सिर ४ गतेको चुनावमा आफू नेतृत्वको पार्टीले बहुमत प्राप्त गर्ने दाबी गर्नुभएको छ ।

एमाले र राप्रपाले भद्रपुरमा आज शुक्रवार आयोजना गरेको संयुक्त अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले आउँदाे चुनावमा एमालेले बहुमत प्राप्त गर्ने र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी (जसपा) सँग संयुक्त सरकार गठन गर्ने जिकिर गर्नुभयाे ।



अध्यक्ष ओलीले झापा क्षेत्र नं ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई जिताउन कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले एमालेको इज्जतका लागि भए पनि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लिङ्देनलाई जिताउनुपर्ने भएको हुँदा राप्रपाको चुनाव चिह्न हलोमा मतदान गर्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।

कार्यक्रममा बाेल्दै अध्यक्ष ओलीले एमाले एक थोक भन्ने र अर्को थोक गर्ने पार्टी नभएको भन्दै सबै कार्यकर्तालाई निर्धक्क भएर हलोमा भोट हाल्न आग्रह गर्नुभयो । राप्रपाका अध्यक्ष लिङ्देनले राप्रपालाई चुनावमा जिताउन आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय