काँग्रेसले घोषणात्रपमा भन्यो, ‘जग्गा कारोबार हुन दिन्नौँ’

नेपाली काँग्रेसले घरजग्गा कारोबार निरुत्साहित गर्ने संकल्प गरेको छ ।

शनिबार सार्वजनिक घोषणापत्रमा काँग्रेसले लामो समयदेखि विस्तारवादी मौद्रिक नीति अवलम्बन गरिँदा जग्गाको मूल्यमा अस्वभाविक वृद्धि भएको निष्कर्ष सहित अब जग्गा कारोबारलाई निरुत्साहित गर्दै लैजाने उल्लेख गरेको हो ।

लामो समयसम्म अवलम्बन गरिएको विस्तारवादी मौद्रिक नीतिका कारण कर्जाको ठूलो हिस्सा अनुत्पादक क्षेत्रमा प्रवाह हुँदा जग्गाको मूल्य अस्वाभाविक रुपमा वृद्धि भएको भन्दै काँग्रेले जग्गा (भूमी) लाई आन्तरिक उत्पादनमा जोड्ने उल्लेख गरेको छ ।

काँग्रेसले चुनावी घोषणापत्र मार्फत नै जग्गा कारोबार जन्य अवैध आयलाई चोख्याउने बाटाहरु बन्द गर्न राष्ट्र बैंक सँगको परामर्शमा व्यापक मौद्रिक सुधारको अगुवाई गर्ने दाबी गरेको छ ।

काँग्रेसको यो घोषणालाई काँग्रेसले ठूलो ‘रिस्क’ मोलेको अर्थमा पनि लिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय