आजदेखि पुनः सेयर कारोबार सुरु हुने, अब कता जाला बजार ?

काठमाडौं : एक सातादेखि बन्द रहेको सेयर कारोबार आज सोमबार (कात्तिक १४ गते) बाट खुला हुने भएको छ । तिहार तथा छठको उपलक्ष्मा सरकारले सार्वजनिक बिदा दिएकाले गत कात्तिक ७ गतेदेखि सेयर बजार बन्द थियो । कात्तिक ६ गते अन्तिम कारोबारको दिन नेप्से सूचक १८५८.४९ विन्दुमा बन्द भएको थियो । यसै विन्दुलाई आधार मानेर आजबाट सेयर कारोबार पुनः सुरु हुनेछ । तिहार पनि सकिएको छ ।

कम्पनीहरुले धमधम लाभांश घोषणा गर्न थालेका छन् । प्रथम त्रैमासको रिपोर्ट पनि आउन थालेको छ । यस्तो अवस्थामा अब सेयर बजार कता जाला भन्ने सर्वत्र चासो रहेको छ । तिहार अघिको अन्तिम दिनको कारोबारमा भने बजार सकारात्मक बनेको थियो । भाउहरु निकै तल्लो विन्दुमा आएकाले अब बजारले विस्तारै सकारात्मक गति समाउने धेरैको अपेक्षा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय