रवि लामिछाने नेतृत्वको स्वतन्त्र पार्टीका लुम्बिनी अध्यक्ष ज्ञवाली एमालेमा फर्किए

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका लुम्बिनी अध्यक्ष सुजन ज्ञवालीले पार्टी परित्याग गरेका छन् । उनी स्वतन्त्र पार्टी छाडेर आफ्नो पुरानै पार्टी नेकपा एमालेमा फर्किएका हुन् ।

ज्ञवालीले नेकपा एमाले र अनेरास्ववियूको विभिन्न जिम्मेवारीमा काम गरेका थिए । साढे दुई महिना अघि उनी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका हुन् । आज विज्ञप्ति जारी गर्दै उनले एउटा भ्रामक मौसमी हावाको झोक्काले आफूलाई छोएको बताएका छन् ।


‘पार्टीको केन्द्रीय नेतृत्वलाई पनि निकट रहेर निकालेँ र बुझेँ, मात्रै त्यो भ्रम रहेछ,’ विज्ञप्तिमा उनले भनेका छन्, ‘अब त्यस्ता भ्रमको खेती गर्नेहरूबाट पार्टीको नाम सिवाय अरू थप केही नहुने महसुस गरेँ ।’

ज्ञवालीले यथार्थमा जनताको पक्षमा लड्ने र राष्ट्रियताको पक्षमा अड्ने पार्टी एमाले नै रहेको बुझाइ प्रस्तुत गर्दै यही पार्टीमा क्रियाशील हुने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय