मत खसाल्नुअघि गम्भीर भएर विचार गर्नुस् : अध्यक्ष ओली


काठमाण्डौ – नेकपा एमालेले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा ‘राष्ट्रियहितको रक्षा र संवर्द्धन : स्थायित्व, सुशासन र विकासको प्रवर्द्धन’ मुख्य सङ्कल्प बोकेर मतदातासमक्ष जाने भएको छ ।

अघिल्लो निर्वाचनमा नेपाली जनताले राजनीतिक स्थायित्व र समद्धिका लागि मत दिएर देशको सबैभन्दा ठूलो पार्टी बनाएको घटनाको स्मरण गर्दै एमालेले आउँदो चुनावका लागि जारी गरेको घोषणापत्रमा एक मतले देशको भाग्य कोर्ने भएकाले अमूल्य मत खसाल्नुअघि गम्भीर भएर विचार गर्न अपिल गरेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज मङ्गलवार डिजिटल अनावरण गरी जारी भएको घोषणापत्रमा देशमा न्याय, समानता र समृद्धिका जनआकाङ्क्षा पूरा गर्न एमालेले अविचलित निष्ठाका साथ लडिरहने सङ्कल्प गरेको छ । आउँदो चुनावमा विभिन्न सङ्कटको चक्रव्यूहबाट देशलाई मुक्त गर्ने निर्णायक अवसर भएको उल्लेख गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘देशका समस्या देशभित्रैबाट समाधान गर्न हामी सक्षम छौँ भनी संसारलाई देखाउने अनुकूल समय हो ।’

गम्भीर र संवेदनशील राष्ट्रिय परिस्थितिका बीचमा हुन गइरहेको चुनावको विशेष महत्त्व रहेको उल्लेख गर्दै एमालेले भनेको छ, ‘हामीले खसाउने प्रत्येक मतले देशको आगामी बाटो र भविष्यको फैसला गर्नेछ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय