बाराही हाइड्रोपावरको आइपीओमा आवेदन दिन कात्तिक १८ गतेसम्म सकिने

काठमाडौं : बाराही हाइड्रोपावरले कात्तिक ४ गतेदेखि बाग्लुङ जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाहरुलाई आइपीओ बिक्री खुला गरिरहेको छ । यो छिटोमा कात्तिक १८ गतेसम्म खुला रहनेछ । उक्त समयमा सबै बिक्री नभएमा भने ढीलोमा मंसिर ४ गतेसम्म यसमा आवेदन दिन पाइनेछ। कम्पनीले स्थानीय बासिन्दालाई १ सय रुपैयाँ अंकित मूल्यमा २ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको हो ।

यसले बाग्लुङ जिल्लाको जैमिनी नगरपालिकाको वडा नं १, ४ र ५ अर्थात् साविकको कुस्मीसेरा, सर्कुवा र विनामारे गाविसका तथा जैमिनी नगरपालीकाका अन्य वडाहरुका स्थानिय बासिन्दाहरुको लागि आइपीओ जारी गरेको हो ।

स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । रेटिङ एजेन्सी इक्रा नेपालले बाराहीको आइपीओलाई ‘इक्रा एनपी आईआर बी माइनस’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ ।

यो आइपीओमा एनआइबील एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ । लगानीकर्ताले एनएमबि बैंक र ग्लोबल आइएमई बैंकको कुस्मीसेरा शाखा, कुमारी बैंकको राहाले शाखा र गरिमा विकास बैंकको ट्राफिक चोक शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय