इस्टर्न हाइड्रोपावरको आइपीओ बाँडफाँट बिहीबार(भोलि) बिहान हुने  ,कति बजे हुन्छ ??जानुस्

काठमाडौं : इस्टर्न हाइड्रोपावरको आइपीओ बिहीबार (कात्तिक १७ गते) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार बिहीबार (कात्तिक १७ गते) बिहान ९ बजे आफ्नै कार्यालयमा आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको हो । यसअघि क्यापिटलले शुक्रबार बाँडफाँट हुने बताएको थियो तर विशेष कारणवश अब बिहीबार नै गर्न लागिएको जानकारी दिएको छ ।



यता, इस्टर्न हाइड्रोपावरको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । यसमा मागभन्दा २५.२१ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । जसमा ६२ हजार ३२८ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १३ लाख ३१ हजार जनाको भने हात खाली हुनेछ ।

यो आइपीओमा १३ लाख ९४ हजार ३२६ जनाले १ करोड ५७ लाख १८ हजार ४७० कित्ताका लागि आवेदन दिएका छन् । कम्पनीले असोज २८ गतेदेखि कात्तिक २ गतेसम्म कुल ६ लाख ७० हजार ३१० कित्ता आइपीओ जारी गरेको हो । यसमध्ये ५% अर्थात् ३३ हजार ५१५ कित्ता सामुहिक लगानी कोष र २% अर्थात् १३ हजार ४०६ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो ।

बाँकी ६ लाख २३ हजार २८९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने ब्यवस्था थियो । रेटिङ एजेन्सी केयर नेपालले इस्टर्नको आइपीओलाई ‘केयर एनपी डबल बी प्लस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँछ । केयर नेपालले २०७८ मंसिर २२ गते रेटिङ दिएको थियो । यो रेटिङ आगामी मंसिर २१ गतेसम्म बाहल रहनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय