युनिलिभर नेपालद्वारा १२१५ प्रतिशत लाभांश दिने

युनिलिभर नेपाल Unilever Nepal ले लाभांश घोषणा गरेको छ । कम्पनीको बिहिबार भर्चुअल माध्यमबाट सम्पन्न संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ बाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

जस अनुसार कम्पनीले १२१५ प्रतिशत नगद लाभांश अर्थात् प्रति शेयर १२१५ रुपैयाँको दरले नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई लाभांश वितरण हुने छ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर ४ गतेदेखि मङ्सिर २० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकोले मङ्सिर ३ गतेसम्म कायम शेयरधनीले मात्र लाभांश पाउन सक्ने छन् ।

कम्पनीले साधारणसभा भएको ४५ दिन भित्र लाभांश वितरण गरिसक्ने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय