काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध झुटा आरोप लगाइएको दाबी वकिलहरुले गरेका छन् । लामिछाने निर्दोष रहेको दावी उनीहरुको छ ।
वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले काठमाडौं जिल्ला अदालतमा जारी थुनछेक बहसमा बिहीबार बहस गर्दै सन्दीपले बलात्कार नगरेको दाबी गरे । साथै आरोप लगाउने व्यक्ति बालिग रहेको उनको पहिलो तथ्य छ । नाबालिग भनेर मुद्धा दायर गर्नु अन्यायपूर्ण भएको उनको जिकिर छ ।
‘सन्दीपले बलात्कार गरेको भन्ने कुरा मेडिकल रिपोर्टले पुष्टि नगरेको दोस्रो तथ्य वकिलको रहेको छ । घटना भएको भनिएको दिनको अवस्थालेपनि बलात्कार पुष्टि नहुने वकिलको तेस्रो तथ्य छ ।
कसैले बलात्कार गर्छ भने पीडित फेरि त्यही मान्छेसँग रातभर सुत्दैन । सन्दीप र आरोप लगाउने व्यक्ति भोलिपल्ट हाँसीखुशी होटलबाट निस्किएको मिसिल संलग्न कागजातबाट देखिन्छ’, बन्द इजलासमा आफूले पेश गरेका तर्कहरु पेस गर्दै श्रेष्ठले भने, ‘दोस्रो कुरा मेडिकल रिपोर्टमा पनि त्यस्तो केही पनि भेटिँदैन ।
यदि सन्दीपले बलात्कार गरेको भए मेडिकल रिपोर्टमा वीर्यहरु देखिनु पर्ने थियो । योनीमा दुई सातासम्म वीर्यको अवशेष रहने चिकित्सकहरु बताउँछन् । त्यसमा आरोप लगाउने युवतीले कन्डम लगाएर बलात्कार गरेको भनेको अवस्था पनि छैन ।
कन्याजाली च्यातिने कुरा अन्य कारणले पनि हुन्छन् । त्यसो त आरोप लगाउने व्यक्तिको ब्वाई फ्रेन्ड पनि रहेको भन्ने छ ।’ उनले यो विषयमा विभिन्न समयमा भएका फैसलाका नजिरहरु पनि पेस गरिएको बताए ।
वरिष्ठ अधिवक्ता श्रेष्ठले बलात्कारको आरोप लगाउने व्यक्ति नाबालिग नभएको पनि दाबी गरेका छन् । स्थानीय निकाय, बसाई सराईको कागजातदेखि स्कुलसम्ममा लेखाएको जन्ममितिमा २०६१ असार १८ गते जन्ममिति उल्लेख रहेको तर उमेर घटाएर प्रतिलिपि जन्मदर्ता निकालेको र त्यसै आधारमा नागरिकता बनाइएको उनले बताए ।
‘विभिन्न सरकारी कागजातमा जन्ममिति फरक परेमा जुन पहिला दर्ता भएको त्यसैलाई आधार मान्नुपर्ने सर्वोच्चको नजिर पनि छ । त्यसै आधारमा आरोप लगाउने व्यक्ति नाबालिग होइनन्’, श्रेष्ठले भने ।
उनले जन्ममिति सच्याउनु परे अघिल्लो व्यवस्थाअनुसार ६ महिनाभित्र र अहिलेको कानूनअनुसार एक वर्षको समयसीमा भएपनि त्यसलाई वेवास्था गरी नियोजितरुपमा आरोप लगाउने व्यक्तिले बसाईसराई गरिएको ठाउँबाट प्रतिलिपि नबनाई जन्मिएको ठाउँमा पुगेर प्रतिलिपि निकालेको र त्यतिबेला स्थानीय निकायको पनि मिलेमतो देखिएको कुरा राखेको बताए ।
‘प्रतिलिपि निकाल्दा त्यसका प्रक्रियाहरु छन् । तर पुरानो दर्तालाई बेवास्ता गरेर स्थानीय निकायले उमेर घटाएर जन्मदर्ताको प्रतिलिपि दिएको देखिन्छ’, श्रेष्ठले भने ।
वुधबारदेखि सुरु भएको थुनछेक बहस बिहीबार पनि हेर्दाहेर्दैमा सकिएको छ । सन्दीपको पक्षबाट कृष्ण सापकोटा, लव मैनालीसहितका वरिष्ठ अधिवक्ताहरुले बहस गरिसकेका छन् । अब उनको तर्फबाट शम्भु थापाले मात्र बहस गर्न बाँकी छ ।
थापाले बहस गरेपछि सरकारी वकिलले पनि छोटो बहस गर्ने छन् । त्यसपछि न्यायधिश माधवप्रसाद घिमिरेले थुनछेक आदेश सुनाउनेछन् । भोलि सुरुमा नै शम्भु थापाको बहस हुने र पहिलो शत्रमा नै सरकारी वकिलको जवाफी बहस हुने तय भएको छ । भोलि नै न्यायाधीशले थुनछेक आदेश दिनेछन् ।
लामो समय प्रहरी हिरासतमा रहेकाले कानूनत छिटो टुंगो लगाउँनुपर्नेछ । अहिले थुनछेक बहसबाट साधारण तारेखमा सन्दीप थुनामुक्त हुने वकिलहरुको विश्वास छ । त्यसपछि प्रक्रियागत ढंगबाट मुद्धको सुनुवाई भएर अन्तिम फैसला आउनेछ ।
ताजा समाचार
लोकप्रिय
© 2023, All rights reserved to Mero ShareBajar // Website By Lumbini Host