अरुण काबेलीको बोनस सेयरमा मूल्य समायोजन

काठमाडौं : अरुण काबेली पावरको १०% बोनस सेयरमा मूल्य समायोजन भएको छ । बोनस सेयर समायोजनपछिको भाउ नेप्सेले ३ सय ६२ रुपैयाँ ७३ पैसा निर्धारण गरेको छ । तसर्थ, आइतबार यही मूल्यलाई आधार मानेर यसको पहिलो कारोबार खुल्नेछ । अरुण काबेलीको बिहीबारको अन्तिम कारोबार मूल्य ३९९ रुपैयाँलाई आधार मानेर यसको मूल्य समायोजन गरिएको हो ।

कम्पनीले कात्तिक ३० गते बस्ने वार्षिक साधारण सभाको लागि आज शुक्रबार (कात्तिक १८ गते) बुक क्लोज गरेको छ । सभा अल्फा बीटा कम्प्लेक्सको चौथो तल्ला, नयाँ वानेश्वर काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई १०% बोनस सेयर र कर तिर्न ०.५२६% नगद गरी कुल १०.५२६% लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्ने भएको छ । यस्तै, गत आर्थिकक वर्षको वार्षिक प्रतिवेदन पारित गर्ने प्रस्ताव पनि रहेको छ ।

नयाँ परियोजनामा लगानी गर्ने विशेष प्रस्ताव पनि सभामा पेश हुनेछ । यता, कम्पनीले १ः१ अनुपातमा (१००%) हकप्रद बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागिसकेको छ । बोर्डले अनुमति प्रदान गर्ने बेलासम्म कायम हुने चुक्ता पुँजीमा १००% हकप्रद सेयर निष्कासनको लागि स्वीकृति प्रदान गर्ने सम्बन्धी प्रस्ताव पनि सभामा लगिने अरुण काबेलीले जानकारी गराएको छ । अरुणको हाल १ अर्ब ८५ करोड ५२ लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ । प्रस्तावित बोनस सेयर वितरण भएमा चुक्ता पुँजी २ अर्ब ४ करोड ७ लाख ३१ हजार ५५० रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय