राधी विद्युतको हकप्रद सेयर बाँडफाँट, १३ लाख कित्ता लिलामीमा आउने

काठमाडौं : राधी विद्युत कम्पनीले १ः१.४७५२ अनुपातमा बिक्री गरेको हकप्रद सेयर बिहीबार (कात्तिक १७ गते) बाँडफाँट गरेको छ । कम्पनीले असोज ५ गतेबाट २५ गतेसम्म कुल ९५ लाख ३५ हजार ७६०.९९ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । रितपूर्वक आवेदन दिएका ३८ हजार ५०५ जना सेयरधनीहरुलाई ८२ लाख ३५ हजार २३३ कित्ता हकप्रद सेयर बाँडफाँट गरिएको कम्पनीले जानकारी गराएको छ ।

यसआधारमा, कुल निष्कासन गरिएको हकप्रद सेयरमध्ये १३ लाख ५२७ कित्ता हकप्रद सेयर बिक्री भएको छैन । बिक्री नभएको उक्त हकप्रद सेयर अब लिलामी प्रक्रियामार्फत बिक्री खुला हुनेछ । यता, हकभन्दा बढी आवेदन दिएका सेयरधनीहरुलाई बाँडफाँटमा नपरेको सेयर वापतको रकम आइतबार (कात्तिक २० गते) देखि सम्बन्धित सेयरधनीको बैंक खातामा फिर्ता गरिने कम्पनीले जानकारी गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय