जाहेरीकर्ता बालिग पुष्टि भए सन्दीपलाई राहत ! यस्ता छन् ब,लात्कार ठहर नहुन सक्ने ३ आधार




काठमाडौं । जबर्जस्ती करणीको आरोपमा प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेको थुनछेक बहस जारी छ । सन्दीपको तर्फबाट बहस गरिरहेका वकिलहरूले पहिलो राउन्डमा पी,डित भनिएकी किशोरीको उमेरमाथि प्रश्न उठाएका छन् ।

कानूनतः १८ वर्षभन्दा कम उमेरको व्यक्तिलाई नाबालिग मानिन्छ र नाबालिग किशोरसँग सहमतिमा राखिएको सम्बन्ध पनि बलात्कारमा दरिन्छ । तर, १८ वर्ष काटेको वा बालिग किशोरी/युवतीसँग सहमतिमा राखिएको सम्बन्ध बलात्कार मानिँदैन । सन्दीपका वकिलहरूले यही कानूनी व्यवस्थाको जगमा टेकेर सन्दीपलाई निर्दोष देखाउन खोजेका छन् ।


दुई दिन भएको बहसमा सन्दीपका वकिलहरूले किशोरीले उमेर घटाएर नागरिकता बनाएको प्रमाण अदालतमा पेश गरेको बताइएको छ । उनीहरूले पेश गरेको प्रमाण कति बलिया र विश्वसनीय हुन् भन्ने अदालतले निर्क्यौल गर्नेछ । जन्मदर्ता प्रमाणपत्रमा गलत उमेर राखेको र त्यसकै आधारमा नागरिकता लिएको पुष्टि भए त्यो कानूनतः दण्डनीय पनि हुन्छ ।

नेपालको नागरिकता ऐन २०६३ मा झूटो विवरण दिएर नागरिकता बनाउनेमाथि सजायको व्यवस्था गरिएको छ । ऐनको दफा १२ मा कुनै नेपाली नागरिकले झूटो विवरण दिई नेपाली नागरिकताको प्रमाणपत्र लिएको प्रमाणित हुन आएमा तोकिएको अधिकारीले त्यस्तो नागरिकताको प्रमाणपत्र रद्द गर्ने उल्लेख छ ।

यस्तै, दफा २१ (५) मा भनिएको छ, ‘दफा १२ बमोजिम झूटो विवरण दिई नागरिकताको प्रमाणपत्र प्राप्त गरेमा वा दफा १७ बमोजिम सच्याइएको विवरण झुटो प्रमाणित भएमा त्यस्तो झुटो विवरण दिने व्यक्तिलाई वा यो ऐन वा यस ऐनअन्तर्गत बनेको नियमको बर्खिलाप अन्य कुनै कसूर गर्ने गराउने व्यक्तिलाई पन्ध्र हजार रूपैयाँसम्म जरिबाना हुनेछ ।

सन्दीपका वकिलहरूले किशोरीद्वारा पेश गरिएको नागरिकता तथा जन्मदर्तामा उल्लेखित जन्ममिति झूटो रहेको दाबी गरेका छन् । किशोरीले यसै वर्षमात्र उमेर घटाइ नयाँ जन्मदर्ताको प्रमाणपत्र बनाएर त्यसकै आधारमा नागरिकता लिएको उनीहरूको भनाइ छ । यससम्बन्धी कागजातहरू पनि अदालतमा पेश भएका छन् । ती कागजातहरूको आधिकारिकता परीक्षण हुन बाँकी छ । साथै जाहेरीकर्ताका वकिलहरूले त्यसलाई कसरी ट्याकल गर्छन् भन्ने पनि हेर्न बाँकी छ ।

प्रारम्भिकरूपमा जाहेरीकर्ताको पक्षबाट उमेरको विवाद उठाउनु नै असान्दर्भिक रहेको तर्क प्रस्तुत गरिएको छ । मुद्दाको विषय बलात्कार भएकाले सन्दीपका वकिलहरूले विषयान्तर गर्न खोजेको उनीहरूको आरोप छ ।

किशोरीतर्फ झूकाव राख्ने एक कानून व्यवसायी भन्छन्, ‘उनीहरू यसरी प्रस्तुत भइरहेका छन् कि मानौं उमेरले बालिग हो भने चाहीँ मज्जाले बलात्कार गर्न पाइन्छ ।’

अवश्य पनि यदि, ब,लात्कार नै हो भने त्यहाँ उमेरको बहसले ठूलो अर्थ राख्दैन । केवल सजायमा कमवेसीको कुरा हुन्छ । बलात्कारमा कम उमेरकालाई बढी सजाय र बढी उमेरकालाई कम सजाय हुने व्यवस्था छ ।

तर, सन्दीपको केसमा ब,लात्कार ठहर हुनसक्ने आधारहरू न्यून रहेकाले उनका वकिलहरूले उमेरमा जोड दिएका हुन् । उनीहरूको भनाइमा देहायका तीन कारणहरूले गर्दा यो घटनालाई अदालतले बलात्कार ठहराउन सक्दैनः

आउँदा हाँसिखुशी, जाँदा पनि हाँसिखुशी
सन्दीपले काठमाडौं गौशलास्थित होटल काठमाडौं इनमा लगेर किशोरीलाई राति दुईपटक रेप गरेको आरोप जाहेरीकर्ताको छ । किशोरीले आफ्नो बयानमा सन्दीपले सुरूमा आफूलाई झुक्याएर नगरकोट पुर्‍याएको, त्यहाँबाट फर्काएर काठमाडौंको होटलमा ल्याई आफ्नो सहमति विपरित एउटै कोठामा राखेको बताएकी छिन् । तर, होटलका कर्मचारीहरूको बयानले उनको दाबीलाई सहयोग गर्दैन ।

नगरकोटको होटलमा उनीहरू दुवै रोमान्टिक मुडमा प्रस्तुत भएको त्यहाँका कर्मचारीले बयान दिएका छन् । बोजिनी रिसोर्टका सुपरभाइजर समिर पुरीका अनुसार उनीहरू दुवैजना अंगालो मार्दै रिसोर्टको रेलिङमा आड लगाएर बाहिरी भ्यू हेरिबसेका थिए । उनीहरूले दुईवटा खाजासेट मगाए पनि दुवैले एउटै प्लेटबाट खाएको र एउटा प्लेट यत्तिकै छोडेको समेत पुरीले बताएका छन् । किशोरी त्यहाँ कुनै तनावमा रहेको संकेत देखिएको थिएन । सन्दीपले आफ्नो बयानमा किशोरीसँग आफूले गिटार बजाउँदै गीत गाएको पनि बताएका छन्।

यता काठमाडौं उनीहरू बसेको होटल काठमाडौं इनमा पनि दुवैजना हाँसीखुशी मुद्रामा थिए । होटलको रिसेप्सनबाट पहिलोपटक साँचो किशोरीले लगेको बयान रिसेप्सनिस्ट अनिष श्रेष्ठले दिएका छन् । यसले पनि किशोरी राजीखुशीमै सन्दीपसँग रुम सेयर गर्न तयार भएको अनुमान लगाउन सकिन्छ ।

होटलमा रात बिताएपछि सन्दीप र किशोरी दुवै एकसाथ होटलबाट निस्केका थिए । सन्दीपले नै आफूलाई होस्टेलमा छोडिदिएको किशोरीले समेत स्वीकारेकी छन् । यदि रातभर बलात्कार भएको थियो भने बिहान किशोरी आफ्नो बलात्कारीकै गाडीमा बसेर होटलबाट किन निस्कइन् भन्ने प्रश्न उठ्छ । होटलबाट बाहिरिने क्रममा पनि उनीहरूबीच तनावपूर्ण क्रियाकलाप भएको कर्मचारीले देखेनन् ।

जाहेरी दिनमा ढिलाइ
यो घटना बलात्कार होइन भनेर सन्दीपका वकिलहरूले प्रस्तुत गर्नसक्ने दोस्रो आधारमा हो- जाहेरी दर्तामा गरिएको ढिलाइ । बलात्कार भएको भनिएको झण्डै एक महिनापछि मात्रै ‘पीडित’ प्रहरीमा पुग्नुले संशय अवश्य खडा गरेको छ ।

एक वकिल भन्छन्, ‘यदि ज,बर्जस्ती करणी नै थियो भने भोलिपल्टै वा एक-दुई दिनमै उनी प्रहरी गुहार्न किन पुगिनन् ? सन्दीपले सामाजिक सञ्जालमा रेस्पोन्स नगरेपछि मात्रै ‘प्रतिशोध’ स्वरूप अरुको उक्साहटमा जाहेरी दिइएको स्पष्ट छ ।’

जाहेरीमा ढिलाइका कारण मुद्दाको अनुसन्धान पनि जटिल बनेको छ । बलात्कारको घटनामा तत्कालै प्रहरीमा पुग्दा वीर्यको डीएनए परीक्षणबाट बलात्कारी ठहर गर्न सहज हुन्छ । तर, धेरै दिनपछि त्यो सम्भावना रहँदैन । त्यसैले अन्य प्रमाणहरूमा भर पर्नुपर्छ ।

ठोस प्रमाणको अभाव
अहिलेसम्म जाहेरी दिने पक्षबाट बलात्कार नै भएको हो भन्ने ठोस प्रमाण अघि सारिसकिएको छैन । सामान्यतया यौनअपराधका घटनामा प्रत्यक्षदर्शी हुँदैनन् । त्यसैले पीडित आफैंले प्रमाण सिर्जना गरेको छैन भने मुद्दा आफ्नै लागि चुनौतीपूर्ण बन्छ ।

नजिरका रूपमा हालैको चर्चित पल शाह प्रकरणमा अदालतको फैसलालाई लिन सकिन्छ । नवलपुर जिल्ला अदालतले उक्त घटनामा बलात्कार ठहर गर्न प्रमाण नपुग्ने फैसला सुनाउँदै भनेको छ कि, ‘यस्तो भयो होला भन्ने अनुमानका आधारमा अदालतले निर्णय लिन मिल्दैन।’

यस घटनामा रातभरि कुर्सीमै निदाएँ भन्ने सन्दीपको भनाइ पत्यारिलो लाग्दैन । एउटै कोठामा सुतिसकेपछि सम्बन्ध भयो होला भन्ने धेरैले अनुमान गर्छन् । तर, अदालतले अनुमानमा फैसला गर्दैन । अदालतलाई ठोस प्रमाण नै चाहिन्छ ।

बलात्कारका क्रममा सन्दीपले आफूलाई पिटेको र आफू रोइकराइ गरेको दाबी किशोरीले बयानमा गरेकी छन् । तर, यो दाबी पुष्टि हुने आधारहरू दिन सकेकी छैनन् । होटलका कर्मचारीहरूले पनि त्यस्तो केही बताएका छैनन्, जसले उनको दाबीलाई बल मिलोस् । यसर्थ यदि किशोरीसँग कुनै अडिओ, फोटो वा भिडिओ छैन भने यो घटनामा बलात्कार पुष्टि हुन निकै कठिन देखिन्छ ।

घटनामा किशोरीको लुगा च्यातिएको वा बाहिरी शरीरमा घाउचोट लागेको अवस्था छैन । मेडिकल रिपोर्टले कन्याजाली च्यातिएको देखाए पनि त्यसले सन्दीपलाई बलात्कारी पुष्टि गर्न सक्दैन । कन्याजाली च्यातिनुका अन्य कारण पनि हुन सक्छन् भने किशोरी एक पुरुषसँग अफेयरमा रहेको पनि खुलासा भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय