क्रिकेटर सन्दीप लामिछानेविरूद्ध जबर्जस्ती करिणी मुद्दामा अदालतमा बहस सकियो,  केही बेरमै आदेश आउने

१८ कात्तिक, काठमाडौं । १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा क्रिकेटर सन्दीप लामिछानेविरूद्ध जबर्जस्ती करिणी मुद्दामा काठमाडौं जिल्ला अदालतमा बहस सकिएको छ ।केहीबेरमै आदेश आउने अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए। बहस न्यायाधीश माधवप्रसाद घिमिरेको इजलाशमा बहस भएको थियो ।

सन्दीपको पक्षमा वरिष्ठ अधिवक्ताहरू कृष्णप्रसाद सापकोटा, लवकुमार मैनाली, सबिता भण्डारी बराल र रमणकुमार श्रेष्ठ लगायतले बहस गरेका छन्। साथै अधिवक्ता सुवास पाठक, सुधा रिजाल, प्रवीण सुवेदी र अनुराग सुवेदीले पनि बहस गरेका थिए।नाबालिगको पक्षबाट भने सरकारी वकिलहरू लक्ष्मण उपाध्याय घिमिरे, कृष्णा भण्डारी, सुरूबहादुर परियार र महेश खत्रीले बहस गरेका थिए ।


उनको पक्षबाट वरिष्ठ अधिवक्ता शशि अधिकारी, अधिवक्ता सुनिता रेग्मी र शान्ति काफ्ले तथा अधिवक्ता मुरारी सापकोटा र रोशनी घिमिरेले बहस गरेका थिए।लामिछानेलाई गत असोज २० मा पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान गर्दै आइरहेकोमा सोमबार मात्र अदालतमा मुद्दा दायर गरिएकोा थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय