म भुईंबाट उठेको मान्छे हुँ, हरेक दिन भुईंमै हुन्छु : लालबाबु पण्डित

कसलाई कसलाई उमेदवार बन्न मन छ भनेर दर्ता गराएरै छानेर टिकट दिएको हो । आकांक्षा धेरै छ । सबै आवश्यकता पूरा हुँदैन । एक समयमा डीभी, पीआरको कुराले ज्यान मार्नेसम्मको कुरा आएको थियो ।

संघीयता कार्यान्वयनमा मानवीय व्यवस्थापनको पाटो मबाहेक कसैले गरेन । सजिलो काममा जिम्मेवारी लिने र कठिन कामको जिम्मेवारी नलिने प्रवृत्ति छ । मैले कठिन जिम्मेवारी पनि वहन गरेको छु । तर, अस्वस्थ्य आलोचना गर्नेको विषयमा मलाई केही भन्नु छैन ।

लालबाबु पण्डितको अनुहार नै कालो छ भनिदियो भने म गोरो बनाउन सक्छु र ? साइकल चढेर पेट्रोल पनि लिए । मेरो निजी साधन साइकल हो । तर, काठमाडौ त गाडी चढेरै गएको हो । कहिले भाडा र कहिले प्लेनमा जान्छु यो स्वाभाविक कुरा हो तर यसलाई अस्वभाविक रूपमा प्रस्तुत गरियो ।

बहुदलीय व्यवस्थामा यस्ता लाञ्छना लगाउने गरिन्छ । स्वच्छन्दतावादीलाई जुनबेला जे पनि बोल्नुपर्ने हुन्छ । मैले शिर निहुराउने गरी राष्ट्रियता र सुशासनको सवालमा ।

प्रदेशसभाका तपाईंकै क्षेत्रका उमेदवारबारे अलि बढी आलोचना हुन्छ । त्यसले पनि तपाईंलाई असर परेको भनिएको छ नि !

एमालेभित्र पनि फरक फरक पृष्ठभूमि छ । मेरै पनि कजमोरी भए मैले सुधार गर्न पाउँछु नि ! अहिलेको सन्दर्भमा हेर्ने हो भने शंकाले लंका डढाउँछ ।

व्यवहार र विश्वासले नै जित्ने हो । सबै उमेदवार छौँ । कतिपयलाई सूर्य चिह्न पनि दिइएको छ । कतिपय तालमेल पनि छ । विविधताभित्रको एकता नै एमाले हो । एमालेले सहयोग गरेका उमेदवार समर्थन गरेका उमेदवार जितून् भन्ने हो । गन्जागोलभित्रको गठबन्धन छ । एमालेमा त्यो छैन ।

तपाईंले जित्ने आधार के छन् ?

आफ्नो मात्र भोटले जिँतिदैन । म गठबन्धनभित्रको भोट पनि लिन्छु । जसपाको भोट पनि आउँछ । आफ्नो भोट छँदै छ । तटस्थ मतदाता पनि मत लिन्छु ।

गठबन्धनको रटले मात्र जितिँदैन । मंसिर ४ गते अगाडि मात्र यसको आयु छ । आवश्यकता परे नयाँ रूपमा गठबन्धन बन्छ । तर, यही चुनावले यसभित्र रहेका धेरैको श्वास सकिनेवाला छ ।-बाह्रखरी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय