“मलाई जोगाइदिनुस्– जनता गुहार्नु बाहेक केही बाँकी रहेन । सबै प्रशासन शेरबहादुरको मुनि छ ।: सागर ढकाल

काठमाडौं । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध स्वतन्त्र उमेदवारी दिएका सागर ढकालले आफूलाई डडेल्धुरामा प्रचार गर्न रोक लगाइएको बताएका छन् ।

सोमबार साँझ सामाजिक सञ्जालमा उनले आफूलाई माइकिङमा समेत रोक लगाइएको गुनासो गरेका छन् । उनले चुनावी प्रचारका दौरान प्रधानमन्त्री देउवाले कानुनको उल्लंघन गर्दा प्रशासन मौन बसेको तर आफूले माइकिङ गर्दा रोक लगाइएको बताएका छन् ।


“मलाई जोगाइदिनुस्– जनता गुहार्नु बाहेक केही बाँकी रहेन । सबै प्रशासन शेरबहादुरको मुनि छ । कुरा गर्नु नगर्नु बेकार छ । मलाई अब प्रचार प्रसारमा डडेल्धुरामा रोक लगाइएको छ,” उनले लेखेका छन्, “शेरबहादुरले खुलमखुल्ला नियम कानुन उल्लंघन गर्दा आँखा बन्द गरेको प्रशासन आज मैले हर्क साम्पाङ जस्तो गरी माइकिङ गर्न पनि दिएको छैन । मलाइ रोकेको छ ।”

चौधरीलाई सत्तागठबन्धनको समर्थन छ । थारु बाहुल्यता रहेको सो निर्वाचन क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीबाट गंगाराम चौधरी उम्मेदवार छन् । उक्त निर्वाचन क्षेत्रमा पूर्वमन्त्री चौधरी, सत्तागठबन्धनका गौरीशङ्कर र नागरिक उन्मुक्तिका गङ्गारामबीच प्रतिस्पर्धा हुँदैछ ।

त्यसैगरी कैलाली निर्वाचन क्षेत्र नं ५ मा एमालेका नेता एवं पूर्वमन्त्री नारदमुनि राना र कांग्रेसका पूर्वराज्यमन्त्री पुष्करनाथ ओझा स्वतन्त्रबाट चुनावी प्रतिस्पर्धामा छन् । सत्तागठबन्धबाट नेपाली कांग्रेसका डिल्लरिाज पन्त उम्मेदवार छन् ।

विसं २०७४ को निर्वाचनमा एमालेका उम्मेदवार नारदमुनि रानाले कांग्रेस नेत्री आरजु राणा देउवालाई पराजित गर्नुभएको थियो । त्यसबेला राना वाम–गठबन्धनबाट विजयी बन्नुभएको थियो । यसपटक कांग्रेसका उम्मेदवार पन्तलाई सत्तागठबन्धनले साथ दिएको छ भने एमाले उम्मेदवार राना पार्टीको एकल उम्मेदवार छन् । यो निर्वाचन क्षेत्रमा सत्तागठबन्धन र एमाले उम्मेदवार रानालाई स्वतन्त्र उम्मेदवार ओझा चुनौतीका रुपमा देखा परेका छन् । सत्तागठबन्धनको मत स्वतन्त्रले काट्ने आँकलनले राना जीतलाई निरन्तरता दिने दाउमा छन् भने सत्तागठबन्धनका उम्मेदवार पन्त पाँचदलीय र एमालेभित्रको आन्तरिक किचलो फाइदा उठाउँदै चुनाव जित्ने दाउमा हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय