नेपाल र पाकिस्तानको फुटबल स्टेडियममै हेरे भाग्यमानी १ जनाले विश्वकपको टिकट पाउने

२४ कात्तिक, काठमाडौं । नेपाल र पाकिस्तानबीच दशरथ रंगशालामा हुने मैत्रीपूर्ण खेलका लागि टिकट मूल्य तय भएको छ । अखिल नेपाल फुटल संघ एन्फाले बिहीबार पत्रकार सम्मेलन गर्दै खेलका लागि ५०० र १ हजार रुपैयाँ टिकट तय गरिएको जनाएको छ ।

साधारणतर्फ ५०० र भीआईपीतर्फ १ हजार टिकट मुल्य राखिएको हो ।८० सिट भीआईपीका ५ हजारको टिकट व्यवस्था गरिएको एन्फा प्रवक्ता सुरेश साहले जानकारी दिए । नेपाल र पाकिस्तानबीच यही कात्तिक ३० गते दशरथ रंगशालामा खेल हुनेछ ।यस खेल हेर्ने भाग्यमानी एक दर्शकले कतारमा हुने विश्वकपमा ब्राजिल र क्यामरुनबीचको खेल हेर्ने टिकट प्राप्त गर्ने साहले बताए ।


भाग्यमानी दर्शकलाई एन्फाले टिकट मात्र दिने र हवाई टिकट र खान बस्न आफैंले व्यहोर्नु पर्ने छ ।मैत्रीपूर्ण खेलका लागि ४८ लाख ६५ हजार ९२७ बजेट लाग्ने साहले बताए ।
एन्फाले मैत्रीपूर्ण खेलका लागि प्रवेश कटुवाललाई मुख्य प्रशिक्षक नियुक्त गर्दै प्रशिक्षण सुरु गरिसकेको छ ।

पाकिस्तानले सुरुमा नेपालसँग दुई खेल खेल्ने प्रस्चाव गरेको थियो तर नेपालले मंसिर ४ गते चुनाव भएकोले एक खेल मात्र खेल्ने निर्णय गरेको हो ।

पाकिस्तानको राष्ट्रिय टोली पनि सो खेलको लागि नोभेम्बर १३ (कात्तिक २७) मा नेपाल आइपुग्ने एन्फाले जनाएको छ ।नेपाल र पाकिस्तानबीच हुने अन्तराष्ट्रिय मैत्रीपुर्ण खेलको मार्केटिङ्ग, बोर्डकास्टिङ्ग र डिजिटल अधिकारको बिक्री सम्बन्धमा टेन्डर आह्वान गरिएको एन्फाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय