भर्खर आईपिओ जारी गरेको धौलागिरी लघुवित्तको नाफा ५३ प्रतिशतले घट्यो

धौलागिरी लघुवित्त वित्तीय संस्थाको खुद नाफा ५३.२० प्रतिशतले घटेको छ ।

चालु आर्थिक वर्ष २०७९–८० को पहिलो त्रैमासमा कम्पनीले ४५ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा कम्पनीले ९७ लाख ३२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चुक्ता पुँजी १० करोड ३१ लाख रुपैयाँ रहेको धौलागिरीको वर्षिक प्रतिसेयर आम्दानी १७.६७ रुपैयाँ छ । हाल लघुवित्तको जगेडा कोषमा ६ करोड ५८ लाख रुपैयाँ जम्मा भएको छ । जुन गत आवको सोही अवधिको तुलनामा ३६.६३ प्रतिशत धेरै हो ।

असोजसम्ममा लघुवित्तले ६७ करोड २६ लाख रुपैयाँ निक्षेप संकलन तथा ६१ करोड ३० लाख रुपैयाँ सापटी लिएर १ अर्ब ४३ करोड ४४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

लघुवित्तको खुद ब्याज आम्दानी पनि ४.७० प्रतिशतले घटेर २ करोड २३ लाख २८ हजार रुपैयाँमा झरेको छ । धौलागिरी लघुवित्तको सञ्चालन नाफा असोज ससान्तसम्म ८८ प्रतिशतले घटेर १२ लाख ४५ हजार रुपैयाँ कायम भएको छ । गत आवको सोही अवधिमा खुद ब्याज आम्दानी २ करोड ३४ लाख २८ हजार रुपैयाँ र सञ्चालन नाफा १ करोड ४ लाख ३५ हजार रुपैयाँ थियो । प्रथम त्रैमासमा १ करोड ४५ लाख ८३ हजार रुपैयाँ प्रोभिजन छुट्याएको लघुवित्तले ५९ लाख ८६ हजार रुपैयाँ राइट ब्याक गरेको छ ।


असोज मसान्तसम्म आइपुग्दा लघुवित्तको निष्कृय कर्जा अनुपात बढेर ५.८७ प्रतिशत पुग्दा प्रतिसेयर नेटवर्थ १६३.८३ रुपैयाँ छ । लघुवित्तको कष्ट अफ फण्ड ९.०९ प्रतिशत, अकम्पनीको मूल्य आम्दानी अनुपात १०.१७ गुणा र प्रतिसेयर नेटवर्थ १६३.८३ रुपैयाँ र प्रतिसेयर कुल सम्पीत्तको मूल्य १५८० रुपैयाँ छ ।

लघुवित्तले गत साउन २६ देखि २९ गतेसम्म ३ लाख ३१ हजार कित्ता आईपीओ सेयर सर्वसाधारणमा निष्कासन गरेको थियो । सो आईपीओ भदौ ८ गते बाँडफाँड भई कार्तिक ६ गते आइतबारदेखि दोस्रो बजारमा खरिद बिक्री हुँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय