ओली भन्छन्- एमाले गरिबको पार्टी हो, अरूले जस्तो भ्रष्टाचार गरेको छैन..

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले गरिबहरूको पार्टी भएको बताएका छन्। धरानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अरू पार्टीले जस्तो भ्रष्टाचार गरेर र लुटेर ल्याएको पैसा एमालेसँग नभएको बताए । उनले भने, ‘एमाले पार्टीले कार्यकर्तालाई माया गर्छ । तर, पैसा हामीसँग छैन । त्यो कुरा थाहा पाउनुपर्छ । अरुसँग पैसा होला कार्यकर्तालाई बाँड्ला । हामी देश बनाउँछौँ । त्यसकारण पैसा छैन । हामीले कहाँ लुटेका छौँ र ? कहाँ कमिसन खाएका छौँ र ? कहाँ भ्रष्टाचार गरेका छौँ र ? त्यसकारण हामीसँग कम छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय