पिपुल्स हाइड्रोपावरको आईपीओमा पहिलो दिन कति पर्यो आवेदन ?

काठमाण्डौ । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा आज दिउँसोसम्म साढे १५ लाख बढी कित्ता खरिद आवेदन परेको छ।

कम्पनीले आज कात्तिक २५ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ५६ लाख ६ हजार ३९० कित्ता आईपीओ निष्कासन गरेको छ। यसमा आयोजन प्रभावित स्थानीयका लागि छुट्याइएको सेयर बाँडफाँट गरी बाँकी रहेको ८ लाख ६ हजार ३९० कित्तामा समावेश गरिएको छ।


कम्पनीले कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने २ लाख ८० हजार ३२० कित्ता सामूहिक लगानी कोष र ३ प्रतिशतले हुन आउने १ लाख ६८ हजार १९० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएको छ । बाँकी ५१ लाख ५७ हजार ८८० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

सीडीएससीका अनुसार आज दिउँसोसम्म १ लाख २९ हजार ९४३ आवेदकबाट कुल १५ लाख ६६ हजार ६९० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ।

यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको ‘मेरो सेयर’बाट खरिद आवेदन दिन सक्नेछन्।

यो आईपीओको निष्कासन बन्द छिटोमा कात्तिक २९ गते र ढिलोमा मंसिर ९ गते बैंकिङ समयपछि हुनेछ।

पिपुल्स हाइड्रोपावरको आईपीओ बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय