अबको केहि बर्षमा जम्मा ३ वटा पार्टी रहन्छ , माओवादी कि पेन्डृलम जस्तो यताउता गर्छ कि विलय हुन्छ : रवीन्द्र मिश्र

काठमाडौं । राप्रपा नेपालका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नेकपा माओवादी केन्द्र अबको केही वर्षमा विलय हुने बताएका छन्। काठमाडौंमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अब तीन ठुला पार्टी रहने बताए। उनले भने, ‘अब केही वर्षमा एमाले, कांग्रेस र राप्रपा मात्रै रहन्छन्। माओवादी पेन्डुलमजस्तो आफै विलय हुँदै जान्छ। या सानो सानो रहन सक्छ। तर, एमाले र कांग्रेस एउटै कित्ताका दुई नाम भएका पार्टी मात्रै हुन्। यी दुवै पार्टीमा प्रचण्डीकरण भइसक्यो। त्यही बाटोमा हिँडेका छन्।’ यो देशको धर्म, संस्कृति र स्वाभिमान जोगाउने पार्टी राप्रपा मात्रै भएको दाबी गरे। उनले देश रूपान्तरणका लागि स्वतन्त्रहरूले केही गर्न नसक्ने बताए। उनले मत परिवर्तन गर्दा स्वतन्त्रलाई नभएर राप्रपालाई मत दिन आग्रह गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय