ज्योति मगर झण्डा बोकेर एमालेको प्रचारमा उत्रिइन्, भन्छिन् ओली बाहेक अरु नेता आए देश बर्बाद


ज्योति मगर झण्डा बोकेर एमालेको प्रचारमा उत्रिइन्, भन्छिन् ओली बाहेक अरु नेता आए देश बर्बाद
धनकुटा खबर
शुक्र, कार्तिक २५, २०७९
25
Shares
facebook sharing buttontwitter sharing buttonwhatsapp sharing buttonmessenger sharing button
काठमाडौं । चर्चित गायिका ज्योति मगर खुलेर नै नेकपा (एमाले) को पक्षमा उत्रिएकी छिन् ।

उनी एमालेको चुनाव चिन्ह सूर्यको झण्डा र उम्मेदवारका ब्यानर नै बोकेर चुनावी प्रचारमा उत्रिएकी हुन् ।,


उनले सत्ता गठबन्धन “सत्ता र पावरमा पुग्न” मात्र बनेको तर देशका लागि केही गर्छु भन्ने कोही नरहेको बताइन् । सोझो हिसाबले हेर्दापनि अहिलेको सत्ता गठबन्धन सत्ताकै लागि मात्र बनेको हो । मिलेर बाँडेर खाऔँ भन्ने मात्र उदेश्य छ ।,

अबको युगमापनि सत्ता समेत बाँडेर खाऔँ भन्नेलाई जिताउनु भनेको देश बर्बाद हुनु हो । देशलाई बर्बादीबाट बचाउँन म एमालेमा उत्रिएकी हुँ मगरले भनिन् ।,

यसो हेर्दा अहिलेसम्म केही गर्ने आँट गरेको नेता केपी ओली मात्र हो । उहाँले आफ्नो परिवारका कोहीपनि स्वार्थका लागि उभ्याउनुभएको छैन । उहाँ देशभक्तपनि हुनुहुन्छ ।,

देश बनाउँने भिजन बोकेको नेतापनि हुनुहुन्छ । अहिले ओलीलाई रोक्न मात्र गठबन्धन बनेका कारण ओली बाहेक अर्को नेता आए देश बर्बाद हुने आफूलाई लागेकाले ओलीलाई सत्तामा पुर्याउन आफू होमिएको मगरको भनाई छ । उनी ओली र एमालेका उम्मेदवारहरुका लागि भोट माग्दै मतदातासँग हिँडिरहेकी छिन् ।,

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय