नेसनल हाइड्रोपावरको नाफा ९८.८४%ले घट्यो, विद्युत बिक्रीबापतको आम्दानीमा भने उछाल

काठमाण्डौ । नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा अवधिमा कम्पनीको खुद नाफा गत वर्षको यही अवधिको तुलनामा ९८.८४ प्रतिशतले घटेको छ। गत वर्ष ५८ करोड ७४ लाख रुपैयाँ नाफा गरेकोमा समीक्षा अवधिमा घटेर ६८ लाख १८ हजार रुपैयाँमा खुम्चिएको छ।

यो अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी उछाल आएको छ। अघिल्लो वर्ष यही अवधिमा १ करोड ३५ लाख रुपैयाँ विद्युत बिक्रीको आम्दानी रहेकोमा समीक्षा अवधिमा ३६८.६७ प्रतिशतले बढेर ६ करोड ३६ लाख रुपैयाँको उचाइमा पुगेको छ।

चुक्तापुँजी १ अर्ब ६४ करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भमा २ करोड ३८ लाख रुपैयाँ रहेको छ। गत वर्ष रिजर्भमा २३ करोड २२ लाख रुपैयाँ थियो। यो हिसाबसले रिजर्भको आकार ८९.७३ प्रतिशतले घटेको छ।

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १.९६ रुपैयाँ, पीई रेसियो ९७.९१ गुणा र प्रतिसेयर नेटवर्थ १२४.०३ रुपैयाँ रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय