युनाईटेड इन्स्योरेन्सको लाभांश घोषणा

युनाईटेड इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको कार्तिक २५ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को लागि लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले कम्पनीको आ. व. २०७८।७९ का लागी हाल कायम रहेको चुक्ता पूँजी रु १,०२,८१,६०,०००/- को ५ प्रतिशतका दरले हुने बोनस शेयर रु ५,१४,०८,०००/- (अक्षेरुपी पाँच करोड चौध लाख आठ हजार मात्र ) र नगद लाभांश ( बोनस शेयरमा लाग्ने कर प्रयोजनार्थ ) ०.२६३२ प्रतिशतले हुने रु २७,०५,६८४/- (अक्षेरुपी सत्ताइस लाख पाँच हजार छ सय चौरासी मात्र) गरि कुल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएपछि तथा कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय