पिपुल्स हाइड्रोपावरको आइपीओ भर्ने समय सकियो, कति पर्यो आवेदन ?

काठमाडौं : पिपुल्स हाइड्रोपावर कम्पनीको आइपीओमा १ अर्ब ४६ करोड २७ लाख ३९ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज अन्तिम दिन (कात्तिक २९ गते) अपरान्ह ४ः०४ बजेसम्ममा १२ लाख ३४ हजार ३१० जनाले १ करोड ४६ लाख २७ हजार ३९० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा २.८३ गुणा बढी आवेदन हो ।

हाइड्रोपावरले कात्तिक २५ गतेदेखि सर्वसाधारणका लागि ५६ लाख ६ हजार ३९० कित्ता आइपीओ जारी गरेको थियो । यो मध्ये ५% अर्थात् २ लाख ८० हजार ३२० कित्ता सामुहीक लगानी कोष र ३% अर्थात् १ लाख ६८ हजार १९० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी ५१ लाख ५७ हजार ८८० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने ब्यवस्था रहेको थियो ।

यसमा सानिमा क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ । रेटिङ एजेन्सी केयर नेपालले पिपुल्सको आइपीओलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ । केयर नेपालले जनवरी ६ २०२२ मा रेटिङ दिएको थियो । यो रेटिङ आगामी डिसेम्बर २०२२ सम्म बाहल रहनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय