ओलीले आफूमाथि राजनीतिक प्रहार गरेको भन्दै भीम रावल फायर

काठमाडौं, २९ कार्तिक । नेकपा (एमाले) का नेता तथा पूर्व उपप्रधानमन्त्री डा. भीमबहादुर रावलले आफूले अहिलेपनि पार्टीको विरोध नगरेको स्पष्ट पारेका छन् । तर, अध्यक्ष केपी शर्मा ओलीको प्रवृत्तिको विरुद्धमा आवाज उठाएको उनको दाबी छ । आज प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले ओलीले आफूमाथि राजनीतिक प्रहार गरेपछि त्यसको जवाफमा बोलेको स्पष्ट पारे । उनले आफूलाई पार्टीले अहिले चुनावलक्षित कुनै जिम्मेवारी नदिएको बताए । उनले आफूले एमालेको विरुद्धमा एउटापनि विरोध गरेको भए देखाउन ऋषि धमलालाई चूनौति दिए । उनले भने,‘मैले एमालेको विरोधमा एक शब्दपनि बोलेको छैन् । ओलीजीले अब भीम रावल बुढो भयो, यस्ता रावल कति छन् कति ? भनेर भन्न मिल्छ ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय