काठमाडौं : युनिलिभर नेपालले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ३४ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ३४.८३% धेरै हो । गत वर्ष कम्पनीले २५ करोड २६ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीले यस अवधिमा समग्र उत्पादन तथा बिक्री बढाउदा नाफा बृद्धि हुन पुगेको छ ।
गत वर्ष समग्र उत्पादन तथा बिक्रीबाट १ अर्ब ९८ करोड रुपैयाँ आम्दानी गरेको कम्पनीले यो त्रैमासम्म आइपुग्दा बढाएर २ अर्ब २४ करोड रुपैयाँ पुर्याएको छ । यस्तै, कम्पनीको अन्य स्रोतहरुबाट हुने आम्दानी पनि २ करोड रुपैयाँबाट बढेर ४ करोड रुपैयाँ भएको छ । युनिलिभरको सेयर पुँजी ९ करोड २१ लाख रुपैयाँ छ ।
यसको रिटेन्ड अर्निङमा ३ अर्ब ९० करोड रुपैयाँ जम्मा भएको छ । यता, कम्पनीको प्रतिसेयर आम्दानी १ हजार ७२ रुपैयाँबाट बढेर १ हजार ७२४ रुपैयाँ (वार्षिक) भएको छ । प्रतिसेयर नेटवर्थ पनि ३ हजार १०४ रुपैयाँबाट बढेर ४ हजार ३३७ रुपैयाँ कायम भएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2023, All rights reserved to Mero ShareBajar // Website By Lumbini Host