काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)को लाभांश सुरक्षित गर्ने आज कात्तिक ३० गते अन्तिम दिन रहेको छ।
लाभांश र सभा प्रयोजनका लागि निफ्राले भोलि मंसिर १ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज कात्तिक ३० गतेसम्म कायम सेयरधनीहरुमात्रै निफ्राको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
निफ्रा सञ्चालक समितिको कात्तिक ४ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो मंसिर १० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको बत्तीसपुतलीस्थित अनुपम फुडल्यानड एन्ड ब्यांक्वेटमा बिहान ९ बजेबाट सुरु हुनेछ।
सभाले गत आर्थिक वर्षको प्रस्तावित चुक्तापुँजी २१ अर्ब ६० करोड रुपैयाँको ४.२१०५ प्रतिशतले हुन आउने ९० करोड ९४ लाख ६८ हजार रुपैयाँबराबरको नगद लाभांश (करसहित) पारित गर्नेछ।
सोही सभाले बैंकको प्रबन्धपत्र र नियमावलीमा समसामयिक संशोधन वा थप गर्ने प्रस्ताव पनि अनुमोदन गर्नेछ। सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका दस्तावेजहरु अनुमोदन गर्नेछ।
ताजा समाचार
लोकप्रिय
© 2023, All rights reserved to Mero ShareBajar // Website By Lumbini Host