एमाले अर्को चुनावसम्ममा पार्टी नै रहँदैन : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्को चुनावसम्मा नेकपा एमाले पार्टीको रुपमा नै नरहने दावी गरेका छन् ।

एक सञ्चार माध्यमलाई अन्तर्वार्ता दिँदै अध्यक्ष प्रचण्डले अहिलेको निर्वाचनमा नेकपा एमाले तेस्रो पार्टी हुने र अर्को निर्वाचन सम्ममा पार्टी नै सकिने प्रक्षेपण गरेका हुन् ।‘एमाले अहिले तेस्रो पार्टी त हुन्छ नै जस्तो लाग्छ मलाई । तर एमाले अर्को चुनावसम्म जाँदा रहँदैन भन्ने लाग्छ मलाई । त्यो पार्टी नै रहँदैन,’


अबको चुनावमा एमाले कत्रो पार्टी बन्ला भन्ने पत्रकारको प्रश्नमा अध्यक्ष प्रचण्डले भने ।त्यस्तै अध्यक्ष प्रचण्डले केपी ओलीमाथि जनताले ७० वर्ष लडेर ल्याएको व्यवस्था उल्ट्याउन खोजे आरोप लगाएका छन् ।

ओलीलाई प्रचण्डले जनताको अगाडी अपराध गरेँ भनेर कबोल गर्न र आत्मआलोचना गरेर राजनीतिबाट सन्यास लिन सुझाव दिएका छन् ।

‘उहाँले जनताले ७० वर्ष लडेर ल्याएको उपलब्धि उल्ट्याउने दुस्साहस गर्नुभयो । मेरो सुझाव छ,’ उनले भने, ‘जनता अगाडी अपराध कवुल गर्नुस् । आत्मआलोचना गर्नुस् । र, राजनीतिबाट सन्यास लिएर बस्नुस्।’



माओवादी केन्द्रका अध्यक्ष दाहालले ताप्लेजुङ र खोटाङको सभालाई सम्बोधन गर्ने
ताप्लेजुङ, ३० कात्तिक (रासस) :
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्र्रचण्ड’ले आज ताप्लेजुङ र खोटाङमा आयोजना गरिने चुनावी सभालाई सम्बोधन गर्नुहुने भएको छ ।

सत्ता गठबन्धन ताप्लेजुङद्वारा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्न दाहाल ताप्लेजुङ आउनुहुने भएको जिल्ला निर्वाचन परिचालन समितिका संयोजक मिङ्मा डण्डु शेर्पाले जानकारी दिनुभयो । सदरमुकामस्थित तोक्मेडाँडामा आयोजित सभालाई नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महत, नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव डा गङ्गालाल तुलाधरलगायतले सम्बोधन गर्ने कार्यक्रम छ । सत्ता गठबन्धनले यसअघि जिल्लाका आठ पालिकामा चुनावी सभा सम्पन्न गरिसकेको छ ।

जिल्लामा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका खेलप्रसाद बुडाक्षेत्री प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुनुहुन्छ । यस्तै प्रदेशसभा (१) मा एकीकृत समाजवादीका खेम वनेम र (२) मा कांग्रेसका खगेनसिं हाङ्गाम उम्मेदवार रहनुभएको छ ।

यसबीच अध्यक्ष दाहालले सत्ता गठबन्धनद्वारा खोटाङको दिक्तेलबजारमा आज आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । उक्त सभालाई अध्यक्ष दाहालसँगै कांग्रेस प्रवक्ता डा प्रकाशशरण महत र नेकपा (एकीकृत समाजवाद) पार्टीका उपमहासचिव डा गङ्गालाल तुलाधरले सम्बोधन गर्ने कार्यक्रम रहेको चुनाव प्रचार–प्रसार समितिका संयोजक टङ्कबहादुर थापाले जानकारी दिनुभयो ।

सत्ता गठबन्धनले जिल्लाका १० वटै स्थानीय तहमा चुनावीसभा सम्पन्न गरिसकेको छ । एउटा प्रतिनिधिसभा र दुईवटा प्रदेशसभा रहेको जिल्लामा सत्ता गठबन्धनबाट प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका रामकुमार राई, प्रदेशसभा (१) मा एकीकृत समाजवादीका वीरबलकाजी राई र प्रदेशसभा (२) मा कांग्रेसका भूपेन्द्र राई उम्मेदवार रहनुभएको छ ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय