नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं :

नेपाल इन्भेष्टमेन्ट बैंकले ११% लाभांश दिने घोषणा गरेको छ । बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट ४% बोनस सेयर र ७% नगद लाभांश दिने निर्णय गरेको हो । यसर्थ, बैंकले यसपटक ७३ करोड २३ लाख १ हजार ६५३ रुपैयाँ बराबरको बोनस सेयर बाँड्नेछ । यस्तै, १ अर्ब २८ करोड १५ लाख २७ हजार ८९३ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।

नियामक राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ । गत वर्ष इन्भेष्टमेन्टले ११.२४% बोनस सेयर र ४.७६% नगद लाभांश गरी १६% लाभांश वितरण गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय