कुन मूल्यमा भयो खप्तड लघुवित्तको पहिलो शेयर कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा खप्तड लघुवित्तको शेयर कारोबार सुचारु भएको छ । आज बुधबारको स्पेसल पी ओपन सेसनमा पहिलो कारोबार भई मूल्य तय भएसँगै कम्पनीको दोस्रो बजारमा कारोबार सुरु भएको हो ।

कम्पनीको पहिलो कारोबार प्रति कित्ता ३०३.२ रुपैयाँमा भएको छ । नेप्सेले खप्तड लघुवित्तको पहिलो कारोबारको लागि १०१.०७ रुपैयाँदेखि ३०३.२१ रुपैयाँसम्मको रेन्ज तोकेको थियो । यस रेन्जको बीचमा रहेको जुनसुकै मूल्यबाट पहिलो कारोबार हुन सक्ने ब्यबस्था रहेकोमा अधिकतम रेन्ज बाट नै कारोबार सुरु भएको हो। नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तोक्ने गरेको छ । कम्पनीको KLBS सिम्बलबाट कारोबार भएको हो ।

सोमबार खप्तड लघुवित्तको पनि ४ लाख कित्ता शेयर सुचिकृत भएको थियो । खप्तड लघुवित्तले भदौ ८ गतेदेखि भदौ १२ गतेसम्म सर्वसाधारणलाई आईपीओ बिक्रि खुला गरेको थियो। कम्पनीले सर्वसाधारणलाई १ करोड ३२ लाख रकम बराबरको १ लाख ३२ हजार कित्ता शेयर निष्काशन गरेको थियो । सर्वसाधारणलाई शेयर निष्काशन पश्चात संस्थाको चुक्ता पूँजी ४ करोड भएको छ। सुदूरपश्चिममा कार्यक्षेत्र रहेको यस लघुवित्तको केन्द्रीय कार्यालय कैलालीको गोदावरीमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय