कतारमा रहेकाे नेपाली दूतावासको अपिल : विश्वकप सफल बनाऔँ

काठमाण्डौ – कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ सफल बनाउन त्यहाँ रहेको नेपाली दूतावासले नेपाली समुदायसँग अपिल गरेको छ ।


कतारका लागि नेपाली राजदूत डा. नरेश विक्रम ढकालले कतारमा क्रियाशील नेपाली समुदाय तथा सङ्घसंस्थाहरूलाई पनि सम्भव भएसम्म विश्वकपको समयमा कुनै पनि कार्यक्रम नगर्न र विश्वकप सफल बनाउन इमानदारिताका साथ सहयोग गर्न अपिल गर्नुभएको हो ।

विज्ञप्ति जारी गर्दै राजदूत ढकालले भन्नुभएको छ ‘नेपाली समुदाय तथा सङ्घसंस्थाहरूले सम्पादन गर्नु पर्ने कुनै कार्यक्रम भएमा सम्भव भएसम्म स्थगित गरी इमानदारिता, नैतिकता र उच्च मर्यादासहित फिफा विश्वकप सफल बनाउनका लागि जिम्मेवारीपूर्ण सहयोग गर्नु–गराउनु हुनेछ भन्ने विश्वास लिइएको छ ।’

दूतावासका अनुसार नेपालीहरूले कतारको विकास तथा समृद्धिका लागि पुर्‍याएको योगदानको कतार सरकारका उच्च अधिकारीले प्रशंसा गरेका छन् । विश्वकप प्रतियोगिता भएकाले पनि यति बेला संसारको ध्यान कतार केन्द्रित भएको छ ।

विश्वकप फुटबलका लागि संरचना बनाउन हजारौँ श्रमिकले काम गरेका थिए । कतार र नेपालबीच दौत्य सम्बन्ध स्थापना भएको ४५ वर्ष पूरा भइसकेको छ ।

विश्वकप यही नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म हुँदै छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय