रवि लामिछानेलाई स्पष्टिकरण सोध्दै निर्वाचन आयोग, उजुरीमा प्रमाण पुगे उम्मेदवारी रद्द हुने

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन क्षेत्र नं २ का उम्मेदवार रवि लामिछानेलाई स्पष्टिकरण सोध्ने तयारी गरेको छ ।लामिछानेबिरुद्ध उम्मेदवार खारेजीका लागि मंगलबार उजुरी परेपछि उक्त उजुरी उपर कारवाहीका लागि अयोगले स्पष्टिकरण सोध्न लागेको हो ।

जिल्ला निर्वाचन अधिकृतको कार्यालयबाट आवश्यक कामकाज संकलनको काम भइरहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।लामिछानेको जवाफ निर्वाचन आयोगसमक्ष जानकारी गराइने र सोहि अनुरुप उजुरी माथिको प्रकृया अगाडि बढ्ने प्रवक्ता पौडेलले बताए ।


रविबिरुद्धको उजुरीमा प्रमाण पाइएको खण्डमा उम्मेदवार रद्द समेत हुने आयोगले बताएको छ ।आयोगका अनुसार लामिछानेको उम्मेदवारी खारेजीको माग गर्दै नवलपरासी र चितवनमा गरि दुई वटा उजुरी परेको छ ।

एक उजुरीम लामिछानेको नेपाली नागरिकता नै कायम नरहेको उल्लेख गरिएको छ भने अर्को उजुरीमा खारेज भइसकेको पुरानो नागरिकता मार्फत पेश गरि उम्मेदवार मनोनयन भएको उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय