माथिल्लो तामाकोशीले ३ महिनामा ७९ करोड रुपैयाँ नाफा गर्यो

काठमाडौं : राष्ट्रिय गौरवको आयोजना अपर तामाकोशी कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ७९ करोड ७७ लाख रुपैयाँ नाफा गरेको छ । यो नाफा गत वर्षको भन्दा ७.२४% ले थोरै हो । गत वर्ष कम्पनीले ८६ करोड १९ हजार रुपैयाँ नाफा कमाएको थियो । यता, कम्पनीको बिद्युत बिक्रीबाट हुने आम्दानी भने १ अर्ब ७२ करोड रुपैयाँबाट बढेर ३ अर्ब ५६ करोड रुपैयाँ भएको छ । यसअवधिमा कम्पनीको कर्मचारी सञ्चालन खर्च २ करोड ८० लाख रुपैयाँबाट बढेर ११ करोड १८ लाख रुपैयाँ पुगेको छ । यसले गर्दा कम्पनीको नाफामा गिरावट आएको छ ।

हाल यसको चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ शीर्षक १ अर्ब ९४ करोड रुपैयाँ ऋणात्मक छ । असोजसम्म हेर्दा कम्पनीको ७३ अर्ब ६३ करोड रुपैयाँ दीर्घकालीन ऋण रहेको छ । यस अवधिमा कम्पनीले अन्य स्रोतमार्फत ४ लाख ३ हजार रुपैयाँ मात्र आम्दानी गरेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ५३ पैसा रहेको छ । गत वर्ष प्रतिसेयर आम्दानी ८ रुपैयाँ १२ पैसा रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ ८१ रुपैयाँ ५९ पैसा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय